एक नेपालीलाई पर्यो झण्डै ३५ करोडको चिठ्ठा !

संयुक्त अरव ईमिरेट्स (युएईं) मा कारवासमा कार्यरत एक नेपालीले १ करोड दिराम (झण्डै नेपाली ३५ करोड) को चिठ्ठा जितेका छन् । महजुज ड्र अन्तर्गत भरत विकले सो चिठ्ठा जितेका हुन् । ३१ बर्षिय उनले चिठ्ठामा प्राप्त गर्ने रकम परिवारको व्यवस्थापनका लागि लगानी गर्ने बताएका छन् ।

खलिज टाइम्सका अनुसार तीन बर्ष अगाडी दुवई गएका उनी आफ्ना २५ बर्षे भाइको उपचार गर्ने उद्देश्य सहित रोजगारी गर्न गएका हुन् । उनका भाई ब्रेन ट्युमरको समस्याबाट ग्रसित छन् । भरतका बाबु भारतमा सवारी चालकका रुपमा काम गर्छन् । बाबु र छोराको कमाईबाट भाईको उपचार चलिरहेको समाचारमा जनाईको छ ।

भरतले आफ्ना भाईको उपचार दिल्लीमा चलिरहेको र चिठ्ठामा प्राप्त गरेको रकमले उपचारमा सहयोग हुने बताएका छन् । युएईमा बैंक खाता नभएका भरतको बैंक खाता खोल्ने प्रकृया चलिरहेको महजुजका प्रमुख कार्यकारी अधिकृत फरिद सामजीले बताएको समाचारमा उल्लेख छ ।

उनको मासिक तलव १ हजार ३ सय दिराम रहेको जनाइएको छ । उनी नेपालको गुल्मी जिल्लाका बासिन्दा रहेको समाचारमा उल्लेख छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय