रोजगारीका लागि विदेशिनेको संख्या दोव्वर बढ्यो

गत बर्षको तुलनामा यस बर्ष भाद्र महिनामा दोव्वर बढी रोजगारीका लागि विदेशिएका छन् । गत भाद्र महिनामा ७६ हजार ४ सय ३ जना रोजगारीका लागि विदेशिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । गत बर्षको भाद्रमा रोजगारीका लागि विदेशिनेको संख्या ३६ हजार ४० रहेको थियो ।

भाद्र महिनामा विदेशिनेको संख्या गत साउनको भन्दा पनि बढी हो । गत साउनमा नयाँ तथा पुन: श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश जानेहरुको संख्या ६३ हजार ३९ रहेको थियो ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भाद्र महिनामा विदेशिएका ७६ हजार मध्ये ५७ हजार ६ सय ९३ जना पुन: श्रम स्वीकृति लिएर गएका हुन् भनें १८ हजार सात सय १० जना गएका छन् ।

भाद्र महिनामा रोजगारीका लागि विदेश गएका मध्ये १३ जना उच्च दक्ष काममा गएका हुन् भनें १ सय ४६ जना प्रोफेसनल, ५ हजार ९२ जना अर्धदक्ष, ४६ हजार ६९ जना दक्ष र २५ हजार ८३ जना न्यून दक्ष कामका लागि विदेश गएका हुन् ।

गत बर्ष पनि कोभिड-१९ को महामारीका कारण वैदेशिक रोजगार खुम्चिएको थियो । नेपालीको मुख्य गन्तव्य मुलुक मध्ये मलेसियाले विदेशी श्रमिक लिन रोक लगाएको थियो भनें साउदी अरव, संयुक्त अरव इमिरेट्स (युएई) लगायतका मुलुकहरुमा पनि रोजगारी काम भएको थियो । यसले ति मुलुकहरुमा पनि श्रमिकको माग घटेको थियो । कोभिड १९ को महामारी सामान्य तर्फ उत्रिएका कारण यस बर्ष श्रमिकको माग उच्च भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय