साउदीबाट बहिर्गमन भिसालाई सहज बनाउन मन्त्री कुँवरद्दारा राजदूतसँग आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले साउदीमा काम गर्ने नेपाली श्रमिकले रोजगारीको अवधि सकिएपछि बहिर्गमन भिसा समयमै नपाउँदा समस्या परेको भन्दै त्यसमा सहजिकरण गरिदिन आग्रह गरेका छन । नेपालका लागि साउदी अरवका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदसँगको भेटमा उनले सो आग्रह गरे ।

भेटमा साउदी अरवमा काम गर्ने नेपाली श्रमिकको सुरक्षाका विषयमा छलफल भएको थियो । मन्त्री कुँवरले साउदी अरबमा काम गर्न जाने नेपालीको समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्नु पर्नेमा जोड दिएका थिए ।

उनले साउदी अरवसँग नेपालले समयमै द्धिपक्षीय श्रम सम्झौता गर्न नसकेकाले श्रम आप्रवासनका क्षेत्रहरु व्यवस्थित हुन नसकेको भन्दै अव सो कार्य छिट्टै हुने अपेक्षा प्रकट गरे ।

उनले नेपालबाट साउदीमा सीपयुक्त जनशक्ति पठाउनका लागि त्यहाँको सरकारले पनि सहयोग गर्नु पर्ने बताएको मन्त्री कुँवरको सचिवालयले जनाएको छ ।

भेटमा राजदूत हैमदले नेपाल र साउदी अरवको सम्बन्ध मैत्रीपूर्ण भएकाले नेपाली श्रमिकले भोग्ने गरेका समस्या समाधानका लागि आफुले सक्दो पहल गर्ने वचन दिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय