मृत्युदण्डको सजायबाट मुक्ति पाए एक नेपालीले

मलेसियामा मृत्युदण्डको सजाय तोकिएका एक नेपालीले सो सजायबाट मुक्ति पाएका छन् । वैदेशिक रोजगारीको क्रममा मलेसियामा कर्तव्य ज्यनाको अभियोगमा सन् २०१६ डिसेम्वरमा पक्राउ परेका धनुषाका सुरज देव साह तेलीको मुद्दामा पुनरावेदन अदालतले मृत्युदण्डको सजायलाई कैदमा रुपान्तरण गरेको हो ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार तेलीलाई सन् २०२० मा त्यहाँको ईपो अदालतले फैजदारी संहित अनुसार कर्तव्य ज्यानको मुद्दामा मृत्युदण्डको फैसला गरेको थियो । सो फैसला विरुद्द गरिएको पुनरावेदनमा विहिवार फैसला गर्दै पुनरावेदन अदालतले उनको सजायलाई परिवर्तन गरी १२ बर्ष जेल सजाय हुने कामय गरेको छ । सो अनुरुप बाँकी जेल सजाय भुक्तान गरी तेली नेपाल फर्किने मलेसिास्थित नेपाली दूतावासले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: