भारतबाट नेपालीले पतञ्जली मार्फत स्वदेशमा पैसा पठाउन सक्ने

भारतमा रहेका नेपालीले स्वदेशमा पैसा पठाउन अव पतञ्जली आयुर्वेदका पसलहरुबाट सक्ने छन् । यसका लागि आईएमई इन्डिया प्राली र पतञ्जली आयुर्वेदबीच सम्झौता भएको छ । नयाँ दिल्लीमा मंगलबार हाम्रो स्वभिमान ट्रस्टले आयोजना गरेको तीज महोत्सव कार्यक्रममा योग गुरु रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा सम्झौता भएको हो ।

आईएमई इन्डिया भारतस्थित विदेशी मुद्रा विनिमय, आन्तरिक रेमिट्यान्स तथा भारतबाट नेपालमा इन्डो–नेपाल रेमिट्यान्स गर्ने संस्था हो । पतञ्जलीका भारतमा चार हजार भन्दा बढी पसल छन् भनें नेपालमा पनि यसका पसलहरु रहेका छन् ।

भारतमा रहेका प्रवासी नेपालीलाई घरमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले यस्तो सुविधा प्रदान गरिएको पतञ्जलि योग पिठका आचार्य बालकृष्णले मंगलबार दिल्लीमा भएको सम्झौता समारोहमा घोषणा गरे । ‘आईएमईबाट पैसा पठाउन अब पतञ्जलीको पसलमा पुगेपछि हुन्छ,’ उनले भने ‘यसले भारतमा रहेका नेपाली नागरिकलाई सुविधा पुग्ने विश्वास लिएका छौं ।’

पतञ्जलिसँग यसको सहकार्यले भारतमा नेपालीले गरेको कमाइलाई औपचारिक बाटोबाट नेपाल पुर्‍याउन थप सहयोग पुर्‍याउने आईएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: