नेपाल फर्काइए चण्डेश्वर मुखिया

वैदेशिक रोजगारको सिलसिलामा दुर्घटनामा परेर विगत ११ बर्षदेखि साउदी अरवको एक अस्पतालमा अर्धचेत अवस्थामा उपचारमा रहेका धनुषाका चण्डेश्वर मुखिया नेपाल फर्काइएका छन् । उनलाई शुक्रवार नेपाल फर्काइएको हो ।

रोजगारीका लागि साउदी पुगेको एक बर्षपछि सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका बरमझिया ९ का महतोलाई परिवारले आर्थिक कारणले नेपाल फर्काएर थप उपचार गर्न असमर्थता जनाउँदै आएका कारण विगत ११ बर्षदेखि उनी साउदीको एक अस्पतालमा थिए ।
बीमा कम्पनीले गर्नुपर्ने उपचार गरेर आफ्नो जिम्मेवारीबाट पन्छिएपनि रोजगारदाताले केहि बर्षसम्म उपचार गराएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । यसबीचमा महतोको परिवारलाई मनाएर उनलाई नेपाल फर्काउन रोजगारदाताले पटक पटक आग्रह गरेको तर महतोको परिवार त्यसमा राजि नभएको दूतावासको भनाई छ ।

सन् २०१८ पश्चात महतोको रोजगारदाता कम्पनी पनि दूतावासको सम्पर्कमा नरहेको र अस्पतालमा यसबीचमा ४० लाख रियाल उपचार खर्च बक्यौता भएपछि समस्या भएको थियो । यसबीचमा दूतावासले अस्पताल प्रशासनलाई आग्रह गरेर उपचार वापतको बक्यौता रकम मिनाहा गराएको र परिवारसँगको सहमतिमा उनलाई नेपाल फर्काएको दूतावासको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: