सामाजिक सुरक्षा कोषबाट एक सातामै श्रमिकले लिए १ करोड ८८ लाख विशेष सापटी

योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट एक साताभित्रमा ७८ जना योगदानकर्ता श्रमिकले १ करोड ८८ लाख विशेष सापटी लिएका छन् । कोषका अनुसार कोषले योगदान वापतको रकमको ८० प्रतिशतसम्म सापटी स्वरुप लिन मिल्ने व्यवस्था गरेपछि गएको एक साता १ करोड ८८ लाख ४३ हजार एक सय ८९ रुपैंयाँ सापटी लिएका हुन् ।

यसरी सापटी लिने मध्ये सवैभन्दा धेरै मोरङका ९ जना छन् भनें काठमाडौंका ७ जना छन् र ललितपुरका ६ जना योदानकर्ता श्रमिक रहेका छन् । यसैगरी पर्सा र सिन्धुपाल्चोकका ४/४ जना रहेको कोषका सुचना अधिकारी रोशन कोजुले जानकारी दिए ।

सामाजिक सुरक्षा कोषमा योगदान गरिरहेका योगदानकर्ताले मोबाइल एपबाटै विशेष सापटी तथा विभिन्न कर्जा सुविधा लिन पाउने भएका छन् । कोषले बुधवारदेखि मोबाइल एप सञ्चालनमा ल्याएको छ । सोही एपको प्रयोग गरेर योगदानकर्ताले विशेष सापटी, घर कर्जा, शैक्षिक कर्जा र सामाजिक कर्जा लिन सक्नेछन् ।

कोषले गत भाद्र १ गतेदेखि योगदानकर्ता विशेष सापटी सुरु गरेको थियो । सोही अवसरमा मोबाइल एपको पनि शुभारम्भ गरिएको थियो । विसं २०७६ साउनसम्म नियमित योगदान गरेका योगदानकर्ताले कोषबाट सापटी तथा कर्जा लिन पाउछन् । कोषमा योगदान सङ्कलन गर्न सुरु थालेयता करिब सात सय योगदानकर्ता त्यस्तो सुविधाका लागि योग्य भएका छन् । उनीहरुले आवश्यक परेको अवस्थामा सापटी तथा कर्जाका लागि आवेदन दिन सक्नेछन् ।

हालसम्म कोषमा तीन लाख ५४ हजार नौ सय ३२ योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा रु २२ अर्ब अठ्ठाइस करोड योगदान रकम सङ्कलन भइसकेको छ । कोषले विसं २०७६ साउनदेखि योगदान रकम सङ्कलन गर्न थालेको थियो । सूचीकृत योगदानकर्ताको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम कोषमा मासिकरुपमा जम्मा गर्नुपर्छ । आधारभूत पारिश्रमिकको ११ प्रतिशत श्रमिकका तर्फबाट र बाँकी २० प्रतिशत रोजगारदाताका तर्फबाट कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

यसैबीच सामाजिक सुरक्षा कोषले बुधवार देखि विराटनगर र सिमरामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । ति शाखा कार्यालयहरुको श्रम मन्त्री शेर बहादुर कुँवरले सिंहदरवारबाट नै उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषको सेवालाई विस्तारसँगै विकेन्द्रीकरण पनि गर्नुपर्ने बताए । शाखा कार्यालयहरु मार्फत स्थानीय रोजगारदाता र श्रमिकबीचमा कोषका बारेमा सचेतना फैलाउने काम गरिने मन्त्री कुँवरको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: