
भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिइएको छ । उनीहरू बुधबार बिहान ३ बजे जजीरा एयरबाट कुवेत जान लागेका थिए ।
उनीहरुको कागजपत्र शंकास्पद लागेपछि अध्यागमनले उनीलाई रोकेको हो । त्यसरी जान लागेकाहरुलाई नियन्त्रणमा लिएर माइती नेपालको जिम्मा लगाएको छ । भिजिट भिसाका लागि आवश्यक कागजात नभएकाले मानव तस्करीमा संलग्न समूहले कुबेत लैजान लागेको आशंकामा उनीहरूलाई रोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी श्यामलाल ज्ञवालीले बताएका छन् ।
नेपालबाट भिजिट भिसामा कुवेत, यूएई लगायतका मुलुकमा पुर्याउने र अलपत्र पार्ने क्रम ठूलो छ । यसलाई निरुत्साहित गर्न सरकारले केहि समययता प्रयास गरिरहेपनि अझै पनि त्यो पर्याप्त हुन सकेको छैन ।