नेपाली स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारीको अवसर, नेपाल र बेलायतबीच समझदारी पत्रमा हस्ताक्षर

बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी दिने विषयमा नेपाल सरकार र बेलायत सरकारबीच श्रम समझदारी (एमओयू) भएको छ । सोमवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच दुई देशका प्रतिनिधिहरुले श्रम समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

श्रम समझदारीमा नेपालको तर्फबाट श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतको तर्फबाट नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटले हस्ताक्षर गरेका छन् । सो अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर उपस्थित थिए ।

रोजगारीका लागि जाने स्वास्थ्यकर्मीको छनौट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा दुई देशबीचको सरकारी प्रकृया मार्फत हुनेछ । हाल दक्षिण कोरिया र इजरायलको रोजगारीमा यहि प्रकृया बमोजिम नेपाली श्रमिक गइरहेका छन् ।

यसैगरी नियुक्ती प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनौट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने सहमति दुई देशबीच भएको छ ।

यसैगरी नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एनएचएस) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइने सम्झौता पत्रमा उल्लेख छ ।

यस समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरुलाई विधिवत रुपमा बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्न हुने वातावरण तयार हुने एवम् नेपाली स्वास्थ्य क्षेत्रमा संलग्न जनशक्तिको विकासमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ । यसका अतिरिक्त बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकारबेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था छ ।

नेपाली स्वास्थ्यकर्मीको छनौट, पदस्थापना र सेवा सुविधा सम्बन्धी मापदण्ड हाल छलफलका क्रममा रहेको र कार्यान्वयन ढाँचा इम्प्लिमेन्टेसन प्रोटोकल बमोजिम हुने मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एण्ड सेफगार्ड लिष्ट २००० मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको संख्या र प्रकारका सम्बन्धमा दुवै सरकारले संयुक्त निर्णय गर्ने सहमति गरिएको छ ।

नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढिकरणमा बेलायत सरकारको योगदान रहदै आएकोमा आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी हुने समझदारी पत्रमा उल्लेख छ ।

परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई इम्प्लिमेन्टेसन प्रोटोकल स्पष्ट व्यवस्था गरिने उल्लेख छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: