श्रमिकका गुनासा आफैं सुन्न अगाडी सरे श्रम मन्त्री कुँवर

श्रम मन्त्री शेर बहादुर कुँवरले अव देखि हरेक आइतवार एक घण्टा श्रमिकका गुनासा प्रत्यक्ष सुन्न सुरु गरेका छन् । मन्त्री कुँवर काठमाडौंमा रहँदा हरेक आइतवार ११ बजेदेखि १२ बजेसम्म मन्त्रालयको कल सेण्टरमा बसेर श्रमिकका गुनासा सुन्ने मन्त्री कुँवरको सचिवालयले जनाएको छ ।

पहिलो दिन मन्त्री कुँवरसंग फोनमार्फत प्रत्यक्षरूपमा स्वदेश तथा विदेशमा रहेका १० जना श्रमिकहरुले आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरु राखेका थिए । सो अवशरमा विशेष गरी मलेशियामा जाने श्रमिकसँग धेरै पैसा उठाउने गरिएको, विदेशमा काम नपाएर ठगिने गरेको र नयाँ गन्तव्य मुलुकमा रोजगारीका लागि जाने प्रक्रियाका बारेमा श्रमिकले मन्त्रीसँग प्रश्न र जिज्ञासा राखेका थिए ।

उनीहरुको जिज्ञासाको जवाफ दिदै मन्त्री कुँवरले मन्त्रालय श्रमिकको पक्षमा भएको जानकारी गराउदैं ऐन कानुन बलियो बनाएर भए पनि श्रमिकलाई वैदेशिक रोजगारीमा जाँदा ठगिनबाट कसरी बचाउन सकिन्छ भन्ने विषयमा विशेष रुपमा लागिरहेको बताएका थिए ।
मन्त्रालयमा कलसेन्टर स्थापना गरिएको ६ वर्ष पुगेको छ । अहिले कल सेन्टरमा दैनिक २ सय भन्दा बढि गुनासाहरु आउने गरेको मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।

श्रम मन्त्रालयको कल सेण्टरमा टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५ मा फोन गर्न सकिन्छ । यी नम्वरमा फोन गर्दा पैसा लाग्दैन । यसैगरी ०१ ५९७०००८ र ह्वाट्सएप वा भाइबरमा ९८०१८०००१३ तथा इमोमा ९८०१३०००३३ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

तर मन्त्री स्वयंले गुनासो सुन्नु नै समस्याको समाधान भनें होइन । यसरी साताको एकघण्टा श्रमिकका समस्या प्रत्यक्ष सुन्नुको साटो सो एक घण्टामा साताभरी आएका फोनको समस्या समाधानका लागि के गरियो भनेर गृहकार्य गर्नु उपयुक्त हुन्छ । मन्त्रालयका सचिव, सह–सचिव लगायतले कल सेण्टरमा विताउने समय श्रमिकको समस्या समाधानमा खर्चिएमा त्यसबाट श्रमिकले लाभ प्राप्त गर्न सक्दछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: