मलेसियामा विदेशी श्रमिकको बचत सम्भाव्यता अध्ययन, १० बर्षपछि मात्र रकम स्वदेश लैजान पाइने

मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले विदेशी श्रमिकले पनि बचत गर्न सक्ने सम्भाव्यताको अध्ययन भइरहेको बताएका छन् । उनले त्यसरी बचत गर्नेहरुले १० बर्षपछि मात्र आफ्नो रकम स्वदेश लैजान पाउने बताएका हुन् ।

मलेसियाका अनलाइनहरुले मन्त्री शरभनानलाई उधृत गर्दै लेखेका छन्, यद्यपी आइएलओको मापदण्डको ख्याल गर्दै यसलाई बाध्यकारी भनें बनाइने छैन ।

बचत योजनामा रोजगारदातालाई थप भार भनें नपारिने उनले बताएका छन् । हालै श्रमिकको न्यूनतम पारिश्रमिक बृद्दि गरिएका कारण रोजगारदातालाई थप भार पार्न नसकिने उनको भनाई छ । रोजगारीका लागि मलेसिया आएका विदेशी श्रमिक गैरकानुनी रुपमा धेरै बर्ष बस्ने गरेको र उनीहरुको कुनै रकम बचत पनि नहुने भएका कारण नयाँ योजनाले विदेशी श्रमिकलाई समयभित्रै स्वदेश फर्किन र फर्किदा आफ्नो कमाईको निश्चित हिस्सा बचतका रुपमा लैजान सक्ने मन्त्री शरभनानको तर्क छ । उनले त्यसरी रकम जम्मा गर्नेहरु चाहेर वा नचाहेर पनि १० बर्षपछि स्वदेश फर्किनै पर्ने र १० बर्ष पश्चात एक बर्ष भित्रमा सो रकममा दावी नगरेमा त्यस्तो रकम नपाइने व्यवस्था गरिने पनि बताए । यसले मलेसियामा गैरकानुनी रुपमा बस्ने विदेशी श्रमिकको संख्यामा कमि आउने अपेक्षा गरिएको उनले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: