गत आर्थिक बर्षमा भित्रियो १० खर्व ७ अर्व रेमिट्यान्स

विदेशबाट नेपालीले पठाउने रकम (रेमिट्यान्स) गत आर्थिक वर्षमा १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ नेपाल भित्रिएको छ । यो आर्थिक बर्ष २०७७/७८ को भन्दा ४.८ प्रतिशत बढि हो । सो आर्थिक बर्षमा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्सका रुपमा मुलुक भित्रिएको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले आर्थिक समस्याबाट केहि हदसम्म भएपनि मुलुकलाई मुक्त गर्न रेमिट्यान्सको योगदान रहेको देखाएको छ ।

कोभिड-१९ को महामारी मत्थर भएको, वैदेशिक रोजगारमा जानेहरुको संख्यामा बृद्दि भएको तथा अमेरिकी डलरको मूल्य आकासिएका कारण रेमिट्यान्स आप्रवाहमा सुधार आएको विज्ञहरु बताउँछन् । गत एक वर्षको अवधिमा श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिनेको संख्या ३ लाख ५४ हजार ६ सय ६० पुगेको छ । अघिल्ला वर्ष यो संख्या ६२.८ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारमा जान पुन: श्रम स्वीकृति लिनेको संख्या २ लाख ८५ हजार ४ सय ५३ छ । यसले वैदेशिक रोजगारलाई पुरानै लयमा फर्काएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: