इजरायल एक हजार नेपालीलाई कृषि क्षेत्रको रोजगारीमा लैजान इच्छुक

इजरायल थप एक हजार नेपालीलाई कृषि क्षेत्रको रोजगारीमा लैजान ईच्छुक देखिएको छ । नेपालका लागि इजरायलका राजदूत खनान गोदेरले श्रम मन्त्री शेर बहादुर कुँवरलाई भेटेर यसका बारेमा जानकारी गराएका हुन् ।

श्रम मन्त्री कुँवरसँग सोमवार मन्त्रालयमा भएको भेटका क्रममा राजदुत गोदेरले हिजो मात्रै इजरायल सरकारले थप एक हजार नेपाली श्रमिक कृषि क्षेत्रको रोजगारीमा लैजाने गरी निर्णय गरेको जानकारी गराएका थिए ।

यसैगरी यसअगाडी दिर्घकालिन स्याहार केन्द्रमा काम गर्न ९ हजार ६ सय ९९ जनाले निवेदन दिएकोमा १ हजार १ सय ४७ जना श्रमिक छनौट भएर इजरायल जाने तयारीमा रहेको पनि राजदूत गोदेरले जानकारी गराएका थिए ।

भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकारले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिएको मन्त्री कुँवरको सचिवालयले जनाएको छ । साथै उनले आगामी दिनमा पनि इजरायल सरकारले नेपालका कृषि, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध पनि गरेका थिए । मन्त्री कँवरले श्रम मन्त्रालयले भरखरै विदेशबाट फर्किएका नेपाली श्रमिकको लागि पून एकिकरणको नीति पारित गरेकाले यसमा इजरायलका लगानीकर्तालाई सहयोग गर्न पनि आग्रह गरेको जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय