व्यवसायीको दुखेसो: साउदीले असाध्यै दु:ख दियो

वैदेशिक रोजगार व्यवसायीले श्रमिकको मागपत्र प्रमाणिकरण देखि भिसा रद्द लगायतका विषयमा अनावश्यक रुपमा दु:ख दिएको गुनासो गरेका छन् । श्रम मन्त्री शेरबहादुर कुँवरलाई भेटेर प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले साउदी राजदुतावासले नेपाली व्यवसायीलाई विभिन्न नाममा दिएको झण्झटका बारेमा अवगत गराएका हुन् ।

मञ्चले कागजात प्रमाणित, कोटा प्रणाली, मागपत्र, एजेन्सी निलम्बन, भिसा रद्द, साउदी अरबस्थित कम्पनीहरुले गर्ने काम, राहदानी पेश र सुचना प्रणाली लगायतका विषयमा दूतावासले दिएको दु:खको बारेमा जानकारी गराएका छन् ।

कुनै नेपाली मेनपावर कम्पनी विरुद्दमा साउदी अरवका रोजगारदाताले कुनै गुनासो गरेमा त्यस्ता कम्पनीलाई तत्काल कालोसूचिमा राख्ने तर नेपाली व्यवसायीका कुराको सुनुवाई नहुने गरेको व्यवसायीले बताएका छन् । यसैगरी भिसा प्राप्त गरेर पनि रोजगारीका लागि कुनै व्यक्ति साउदी अरव जान नसक्ने अवस्था भएमा त्यस्ता व्यक्तिको भिसा रद्द गर्न धेरै झण्झटिलो भएको व्यवसायीले बताएका छन् । यसलाई सरल बनाइदिन व्यवसायीको माग छ ।

यसैगरी मञ्चले मलेशियाको समस्याका बारेमा पनि मन्त्री कुँवरलाई जानकारी गराएको छ । वैदेशिक रोजगारमा जाने नेपालीको संख्या उल्लेख्य मात्रामा भएपनि उनीहरुले त्यहाँ जाँदा विभिन्न समस्या भोग्नु पर्ने भएकाले यो झन्झटिलो प्रक्रियालाई सरल बनाउन मन्त्रीलाई पहल गरिदिन मञ्चले आग्रह गरेको मञ्चका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

मञ्चको ज्ञापनपत्र बुझ्दै मन्त्री कुँवरले आफुले ति समस्या समाधानका लागि पहल गर्ने बचन दिए । उनँले सम्बन्धीत देशका राजदुतलाई भेटर समस्या समाधान गर्दै नेपाली श्रमिक सहज रुपमा ति मुलुक जान सक्ने वातावारण बनाउनका लागि पहल गर्ने जानकारी दिए । साथै उनले अहिले वैदेशिक रोजगारीमा थुप्रै खालका समस्या देखिएकाले श्रम बजार मात्रै नभई व्यवसायलाई पनि मर्यादित बनाउनका लागि सबैले पहल गर्नुपर्ने बताएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय