आप्रवासी श्रमिकले पाउनु पर्ने क्षतिपूर्ति दिन ह्यूमन राइट्स वाचको आग्रह

ह्यूमन राइट्स वाचले फिफा तथा कतारले जोखिममा पारिएका, ज्यान गुमाएका, अंगभंग भएकाहरु, तलव ठगि गरिएका आप्रवासी श्रमिकहरुलाई तत्काल न्याय दिन माग गरेको छ । फिफाले सन् २०१० मा सन् २०२२ को विश्वकप फुटवल प्रतियोगिता आयोजनाको अधिकार कतारलाई प्रदान गरेपछि देखि नै वाच लगायतका विभिन्न संघसंस्थाहरुले सो मुलुकमा कार्यरत आप्रवासी श्रमिकको अधिकारको पक्षमा आवाज उठाउँदै आएका छन् ।

ह्यूमन राइट्स वाचले एक विज्ञप्ती जारी गर्दै कतारले पछिल्लो समयमा गम्भीर समस्यामा परेका आप्रवासी श्रमिकलाई क्षतिपूर्ति उपलव्ध गराएपनि थुप्रै व्यक्तिहरुले त्यस्तो आधिकारबाट वञ्चित भएको जनाएको छ । विश्वकप फुटवल प्रतियोगिता नजिकिंदै गएको समयमा कतार सरकार तथा फिफाले त्यस्तो क्षतिपूर्ति पाउन बाँकी सयौं आप्रवासी श्रमिकको क्षतिपूर्ति उपलव्ध गराउने ग्यारेण्टी गर्नुपर्ने विज्ञप्तीमा जनाइएको छ ।

वाचले विभिन्न मुलुकका १६ जना आप्रवासी श्रमिकसँग अन्तर्वार्ता लिएको तथा यस विषयका थप १३ जना जानकार व्यक्तिसँग क्षतिपूर्ति लगायतका विषयमा जानकारी लिएको थियो ।

कतारमा आप्रवासी श्रमिकको अधिकार सुरक्षित गर्न सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसीको स्थापना गरिएको छ । यसैगरी आप्रवासी श्रमिकको काम गरेको ज्याला प्राप्तीको ग्यारेण्टीका लागि वेज प्रोटेक्सन सिष्टम (डव्लुपिएस), लेवर डिस्प्यूट रिजोलुसन कमिटी तथा वर्कर्स सपोर्ट एण्ड इन्स्योरेन्स फण्डको स्थापना कतारले गरेको छ । ति संरचनाहरुले आप्रवासी श्रमिकले पाउनु पर्ने ज्यालाको सुरक्षा, रोजगारदाता र श्रमिकबीच कुनै समस्या आइपरेमा सुल्झाउने तथा दुर्घटना वा काम गरेको ज्याला नपाएमा समिति मार्फत उपलव्ध गराउने व्यवस्था पनि गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: