कतारमा कार्यरत दक्ष श्रमिक लिन नयाँ ‘प्लेटफर्म’

कतारले आफ्नो मुलुकमा कार्यरत विदेशी दक्ष श्रमिक रोजगारदाताहरुले लिन सहज बनाउने उद्देश्यले ‘परिस्कृत प्लेटफर्म’ सञ्चालनमा ल्याएको छ । यसले विदेशी दक्ष श्रमिक लिन चाहने रोजगारदातालाई सहज हुने जनाइएको छ । सो प्लेटफर्म कतार चेम्वर अफ कमर्शले श्रम मन्त्रालयसँगको समन्वयमा तयार पारेको हो ।

नयाँ प्लेटफर्मले दक्ष विदेशी श्रमिक लिन चाहने रोजगारदातालाई समय तथा खर्चको बचत हुने चेम्वर अफ कमर्शले जनाएको छ । यसले परियोजनाहरुलाई समयमै सम्पन्न गर्न सहजता हुने चेम्वरको भनाई छ ।

द पेनन्सुला कतारका अनुसार यसले श्रमिक कटौती गर्नुपर्ने अवस्थाका कम्पनीहरुलाई पनि फाइदा पुग्नेछ भनें थप श्रमिक राख्न चाहनेहरुले पनि लाभ प्राप्त गर्नेछन् । यस अगाडी नै धेरै रोजगारदाताहरु पुरानै प्लेटफर्मबाट समेत लाभान्वित भइसकेको र परिस्कृत प्लेटफर्मबाट थप लाभान्वित हुने अपेक्षा चेम्वरले प्रकट गरेको छ ।

नयाँ श्रमिक लिन चाहने कम्पनीहरुले सो परिस्कृत प्लेटफर्म मात्र सरकारी निकायमा आवेदन दिन सक्नेछन् । श्रमिक एक कम्पनीबाट अर्को कम्पनीमा सर्ने प्रकृयालाई सहज रुपमा अगाडी बढाइएको समाचारमा जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय