मलेसियाले १५ दिन विदेशी श्रमिकका लागि आवेदन नलिने

मलेसियाले आगामी अगष्ट १५ देखि ३१ तारिखसम्म विदेशी श्रमिक लिनका लागि आवेदन नलिने भएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले सो समयावधिसम्म विदेशी श्रमिकका लागि आवेदन नलिने भएको हो ।

यसबीचमा कानुनमा गरिएको सशोधन आगामी सेप्टेम्वर १ देखि कार्यान्वयन गर्नका लागि १५ दिनका लागि विदेशी श्रमिकका लागि आवेदन नलिने मन्त्रालयले स्पष्ट पारेको छ । मलेसियाको सरकारी सञ्चार माध्यम बेर्नामाका अनुसार अगष्ट १४ सम्ममा दिइएका आवेदनहरु ऋगष्टको ३१ भित्रमा प्रकृया सक्ने र नयाँ कानुन अनुसारको प्रकृया कार्यान्वयन हुने समाचारमा जनाईएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय