भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली श्रमिकलाई रोजगारीका लागि जापान लैजाने सहमति

जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जान तयारी अवस्थामा रहेका नेपालीहरुलाई यथाशक्य छिटो जापान पठाउने विषयमा सहजिकरण गर्न दुई देशले सहमति गरेका छन् । काठमाडौंमा आयोजित दुई देशको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । यसैगरी नेपाल र जापान यस अगाडी गरिएको श्रम समझदारीपत्रलाई नेपाल तथा जापानका समसामयिक कानुनी व्यवस्थाहरु समेटेर परिमार्जन गर्नुपर्ने भएमा सो गर्न सहमत भएका छन् ।

यसैगरी जापानको स्पेसिफाइड स्कील वर्कर्स (एसएसडव्लु) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नुपर्ने कार्यविधि बनाउने निर्णय पनि बैठकमा भएको छ । श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालका अनुसार जापान सरकारले त्यहाँको औपचारिक माध्यमबाट एसएसडव्लु प्रणाली अन्तरगत नेपालबाट श्रमिकहरु उपलव्ध हुन सक्ने कुराको जानकारी रोजगारदाताहरुलाई गराउने सहमति पनि भएको छ ।

नेपाल र जापानबीच सन् २०१९ मा भएको श्रम समझदारी अनुसार दुई देशबीच छलफल गर्न दुई देशको संयुक्त कार्यसमितिको दोश्रो बैठक काठमाडौंमा बसेको थियो । अर्को बैठक जापानमा बस्ने तय भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय