मन्त्रालय भन्छ: वैदेशिक रोजगारका नाममा कसैले ठगेमा कल सेण्टरमा समस्या टिपाउ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारका नाममा विभिन्न प्रकृतिका ठगि भइरहेको गुनासो प्राप्त भइरहेको भन्दै कसैले ठगि गरेमा मन्त्रालयको कल सेण्टर वा टोलफ्रि नम्वरमा समस्या टिपाउन अनुरोध गरेको छ । मन्त्रालयले एक विज्ञप्ती प्रकाशित गर्दै कुनै समस्या परेमा कल सेण्टरको फोन नम्वर ११४१ वा टोलफ्रि नम्वर १६६००१५०००५ मा फोन गर्न आग्रह गरेको हो ।

मन्त्रालयले वैदेशिक रोजगार विभागको फोन नम्वर ०१ ४७९२६४८ मा फोन गर्न सकिने वा आफ्नो जिल्ला प्रशासन कार्यालयहरुमा लिखित वा मौखिक उजुरी दिन पनि अनुरोध गरेको छ । मन्त्रालयद्दारा जारी विज्ञप्तीमा भनिएको छ: नेपालबाट श्रमिक पठाउँदा मुख्यगरी शून्य लागतको नीति अनुशरण भएको हुनुपर्नेमा सो नीतिको पूर्ण परिपालना नगरेको गुनासो कल सेण्टरमा प्राप्त हुने गरेको छ । यसैगरी तोकेभन्दा बढी सेवा शुल्क र अन्य गैरकानूनी तवरबाट रकम लिइएको, अस्वाभाविक पैसा असुलेर त्यसको कुनै प्रमाण नदिएको पनि गुनासो आइरहेको छ ।

भिडियो बनाएर कुनै प्रकारको शुल्क लिएको छैन भनी जबर्जस्ती भन्न लगाएको, स्वास्थ्य परीक्षण गर्दा सम्बन्धित व्यक्ति उपस्थित नभए पनि ठूलो रकम असुलेर निरोगिताको प्रमाणपत्र दिने गरेको पनि गुनासो छ । यस्ता गुनासोहरु दिनहुँ प्राप्त भएको भन्दै मन्त्रालयले यस्ता गैरकानूनी एवम् अमर्यादित कृयाकलापहरुको न्यूनिकरण गर्न मन्त्रालय र विभागबाट सूक्ष्म अनुगमन र अनुसन्धान भइरहेको जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय