‘रोजगारीका लागि भिजिट भिसामा विदेश नजाउ’

भिजिट भिसामा रोजगारीका लागि विदेश लैजाने कसैको प्रलोभनमा नपर्न गृह मन्त्रालयले सवैलाई सूचित गरेको छ । गृहले एक विज्ञप्ति जारी गर्दै पर्यटकको भिसामा रोजगारीका लागि विदेश नजान आग्रह गरेको हो ।

गृहले नेपाली नागरिकहरु पर्यटक भिसा (भिजिट भिसा) मा विदेश गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुने लगायतका समस्या भोगिरहेको भन्दै त्यसरी नजान आग्रह गरेको हो । गैरकानूनी रुपमा विदेशमा गई समस्यामा परेका नागरिकहरुलाई उद्धार गरी स्वदेश ल्याउनु पर्ने अवस्थामा बिमा, क्षतिपूर्ति तथा राहत उपलव्ध गराउन समेत नेपाल सरकारसँग कुनै कानूनी आधारहरु नरही त्यस्ता व्यक्तिहरु झन ठूलो कठिनाई पर्ने अवस्था रहेको गेृहले जनाएको छ ।

विदेशमा रोजगारीका लागि जाने नेपाली नागरिकले सम्वन्धित निकायबाट प्रचलित कानून बमोजिम श्रम स्वीकृति लगायतका प्रत्रmिया पूरा गरेर मात्र जाने तथा आफ्नो परिवारको कुनै सदस्य यसरी विदेश जाँदा सम्पूर्ण प्रक्रिया पूरा गरेको छ वा छैन भन्ने बुझन्, परामर्श लिन पनि अनुरोध गरेको छ । विदेशमा रोजगारीका लागि जाने नेपाली नागरिकले सम्बन्धित निकायबाट प्रचलित कानुन बमोजिम श्रम स्वीकृति लगायतका प्रक्रिया पूरा गरेरमात्र जान पनि मन्त्रालयले सचेत गराएको छ ।

स्थानीय तहलाई समेत आफ्नो क्षेत्रभित्रको नागरिक विदेश भ्रमण वा रोजगारीको सिलसिलामा जाँदा त्यस्ता व्यक्तिहरुको अभिलेखन तथा आवश्यक कानुनी प्रक्रियाको सहजीकरण तथा परामर्श प्रदान गर्ने व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय