मलेसियाले नेपालीलाई खोल्यो तीन क्षेत्रको रोजगारी

मलेसियाले नेपाल लगायत १५ वटा मुलुकबाट तीन क्षेत्रको काममा श्रमिक आपूर्ति गर्न खुल्ला गरेको छ । मलेसियाका गृहमन्त्रीले उद्योग, निर्माण र सेवा क्षेत्रमा नेपाल लगायतका ति मुलुकका श्रमिक भर्ना गर्न खुल्ला भएको जानकारी दिएका हुन् । कोभिडका कारण तथा स्वदेशी नागरिकलाई रोजगारी सुरक्षित गर्न भन्दै मलेसियाले विभिन्न क्षेत्रको रोजगारीमा विदेशी श्रमिक राख्न रोक लगाएको थियो ।

मलेमेलका अनुसार मुलुकमा श्रमिकको आवश्यकता पूरा गर्न यस्तो निर्णय गरिएको मलेसियाका गृहमन्त्री हम्जा जैनुद्दिनले बताएका हुन् । विदेशी श्रमिक भर्ना गर्न रोक लगाइएका अन्य क्षेत्रको पनि अध्ययन गर्ने त्यहाँको मानव संशाधन मन्त्रालय र गृहमन्त्रालयले सहमति गरेका छन् ।
नेपालसँगै तीन क्षेत्रमा विदेशी श्रमिक लिन खुल्ला गरिएका मुलुकहरुमा भारत, थाईल्याण्ड, कम्वोडिया, म्यानमार, लाओस, भियतनाम, फिलिपिनस, पाकिस्तान, श्रीलंका, बंगलादेश, तुर्केमेनिस्तान, उज्वेकिस्तान, ईण्डोनेशिया र कजाकस्तान रहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय