नेपाली राजनीति श्रमजीविको पक्षमा छैन: एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान नेपाली राजनीति श्रमजीवि पक्षिय नरहेको भन्दै श्रम गर्नेहरु भन्दा श्रम खानेहरु सम्मानित अवस्थामा रहेको बताएका छन् । जवसम्म यो परिस्थीति परिवर्तन हुँदैन तवसम्म राज्यले उन्नती गर्न नसक्ने उनको भनाई थियो । पुँजिवादले एकपटकको श्रमिक सधैंको श्रमिक बनाउन चाहने भन्दै सर्वहारा वर्ग जन्माउने नै पुँजिवादले हो भने । आजको श्रमिक भोलीको रोजगारदाता र उद्यमी हुन सक्ने भन्दै त्यसमा राज्यले मद्दत गर्नुपर्ने र राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने महासचिव पोखरेलको भनाई थियो ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)को आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा मन्तव्य राख्दै महासचिव पोखरेलले श्रमजीवि वर्गलाई संगठित गर्दै, एकतावद्द गर्दै सवै श्रमजीवि वर्गको साझा संगठनका रुपमा जिफन्टलाई लैजानु पर्ने बताए । असंगठित रुपमा रहेकाहरुलाई संगठित गर्न, अनौपचारिक क्षेत्रका श्रमिकलाई श्रम आन्दोलनमा अझ बलियोसँग जोड्न आवश्यक रहेको उनको भनाई थियो । ह्वाईट कलर र व्लू कलरका नाममा श्रमिकलाई विभाजित गर्ने काम गरिएको भन्दै उनले अलग अलग कित्तामा विभाजित हुँदा त्यसले श्रम आन्दोलनलाई कमजोर बनाउने धारणा राखे ।

जिफन्टलाई यसबीचमा विभाजन गर्ने प्रयास गरिएपनि एकढिक्का राख्न सकेकोमा उनले धन्यवाद पनि दिए । नेकपाको एकताका वावजूद परिस्थीतिको आँकलन गरेर जिफन्टलाई छुट्टै संगठनका रुपमा राखेर विभाजन हुन नदिई यसको नेतृत्वले दुरदर्शी काम गरेको भन्दै महासचिव पोखरेलले प्रशंसा पनि गरे ।

नेपालमा नेकपा एमालेको सरकारले सुरु गरेको सामाजिक सुरक्षाको अवधारणा विस्तार हुँदै गएकोमा अहिले त्यसलाई संकुचित बनाउन खोजिएकाले त्यसका विरुद्दमा जनताको विचमा पुगेर जानकारी गराउन पनि महासचिव पोखरेलले आग्रह गरे । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सुरु गरिएको ज्येष्ठ नागरिकका लागि भत्ताको व्यवस्था अहिले वृद्दि हुँदै चार हजार पुगेको छ । नेकपाकै नेतृत्वको सरकारले अगाडी बढाएको स्वास्थ्य बीमा कार्यक्रमलाई वर्तमान सरकारले असफल बनाउन खोजिरहेको छ । यसैगरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रति पनि वर्तमान सरकारको खासै चासो देखिएको छैन । त्यसका विरुद्दमा नेकपा एमाले उभिने उनको भनाई थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय