ओमानले लगायो बन्देज, दुई सय भन्दा बढी क्षेत्रको काममा विदेशीलाई रोजगारीमा राख्न नपाइने

ओमानले दुई सय सातवटा काममा विदेशीलाई राख्न नपाउने गरी बन्देज लगाएको छ । ओमानीकरणको क्रमलाई विस्तार गर्दै ओमानको श्रम मन्त्रालयले २ सय ७ वटा काममा विदेशी श्रमिक राख्न नपाउने निर्णय सार्वजनिक गरेको छ ।

मस्कट डेलीका अनुसार ओमानी नागरिकका लागि रोजगारी सुरक्षित गर्न यस्तो निर्णय लिइएको हो । विदेशी श्रमिक राख्न नपाउने रोजगारीमा मुख्यगरी उच्च तहको रोजगारी रहेको छ । समाचारमा जनाइए अनुसार अव देखि सेक्यूरिटी सुपरभाइजर, म्यानेजर, डेपुटी म्यानेजर लगायत छन् । यसैगरी रिसेप्सनिष्ट, मिठाई विक्रेता, अत्तर विक्रेता, बीमा अभिकर्ता लगायतका काममा पनि ओमानी नागरिकलाई राख्नु पर्नेछ ।

यस अगाडी साउदी अरबले पनि साउदीकरण गर्दै शारिरीक रुपमा सहज हुने काममा साउदी नागरिकलाई नै रोजगारीमा राख्नुपर्ने व्यवस्था गरिसकेको छ । यसले ति मुलुकहरुमा शारिरीक रुपमा अप्ठ्यारो काममा मात्र विदेशी श्रमिक राख्ने र कमाई बढी हुने काममा स्वदेश नागरिकले नै रोजगारी पाउने वातावरण निर्माण हुँदै गएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: