पोल्याण्ड पठाउने नाममा ठगि गरेको अभियोगमा मेनपावर कम्पनी विरुद्ध मुद्धा

आकर्षक तलव सुविधाको रोजगारीका लागि पोल्याण्डमा पठाउने नाममा दुईजनालाई ठगेको अभियोगमा द हिमालयन एचआर प्राली विरुद्द वैदेशिक रोजगार विभागले मुद्धा दायर गरेको छ । विभागले ति दुईजनालाई सो मेनपावर कम्पनीका सञ्चालकहरु प्रदिप कुमार श्रेष्ठ, प्रकाश राई र सन्तोष कुमार मगरले ४ लाख ७५ हजार ठगेको निश्कर्ष निकालेको हो ।

विभागका निर्देशक कृष्ण प्रसाद भुसालका अनुसार सो मेननपावर कम्पनीले अमिर श्रेष्ठ र चतुर बहादुर दरैबाट क्रमश: ३ लाख र २ लाख ७५ हजार लिएको थियो । तर भनिए अनुसार वैदेशिक रोजगारीमा पठाउन नसकेपछि मेनपावर कम्पनीका सञ्चालकले चतुरबहादुर दरैलाई १ लाख फिर्ता दिएका थिए भनें अमिर श्रेष्ठले रकम फिर्ता पाएका थिएनन् ।

आफूहरु ठगिमा परेको भन्दै पीडितद्धयले निवेदन दिएपछि विभागले अनसुन्धान गरेको थियो । सो क्रममा मेनपावर कम्पनीले ठगि गरेको देखिएपछि ठगि गरेको ४ लाख ७५ हजार र त्यसमा लाग्ने हर्जना २ लाख ३७ हजार ५ सय गरी ७ लाख १२ हजार ६ सय असुल उपर गराइ वैदेशिक रोजगार ऐनको दफा ४४ अनुसारको कारवाही माग गर्दै विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्धा दायर गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: