जापान पठाउने नाममा ठगेको अभियोगमा मेनपावर कम्पनी विरुद्द मुद्धा

वैदेशिक रोजगारका लागि अनुमति लिएको दिप ज्योति ओभरसिजले पाँचजना व्यक्तिलाई रोजगारीका लागि जापान पठाउने प्रलोभनमा ठगि गरेको अभियोगमा वैदेशिक रोजगार विभागले सो मेनपावर कम्पनी विरुद्ध मुद्धा दायर गरेको छ । सो कम्पनीका सञ्चालकहरु डिल्लीराम खतिवडा, सानुबाबु दाहाल र विश्ववन्धु गैह्रेले पाँच जनाबाट ११ लाख ८० हजार ठगि गरेको विभागको निश्कर्ष छ ।

विभागका अनुसार सो मेनपावर कम्पनीका सञ्चालकहरुले ओम बहादुर पुलामी मगर, मनोज अस्तानी, यम बहादुर अस्तानी, वीरेन्द्र मगर र दिपक आचार्यलाई गरेर ११ लाख ८० हजार ठगि गरेका हुन् । ति व्यक्तिलाई जापानमा निर्माण क्षेत्रको काममा पठाउने भन्दै सो मेनपावर कम्पनीका सञ्चालकहरुले रकम असुल गरेको पीडितहरुको भनाई छ ।

अनुसन्धानका क्रममा सो मेनपावर कम्पनीले ठगि गरेको देखिएकोले ठगि गरेको रकममा थप ५० प्रतिशत हर्जना जोडेर १७ लाख ७० हजार मागदावी सहित विभागले वैदेशिक रोजगार विभागमा मुद्धा दायर गरेको विभागका निर्देशक कृष्ण प्रसाद भुसालले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: