विदेशी श्रमिकको अभाव खेप्दै मलेसिया, मलेसियाको आकर्षण गुम्ने चेतावनी

मलेसियामा निकट भविष्यमा नै विदेशी श्रमिकको चर्को अभाव हुने अर्थशास्त्रीहरुले चेतावनी दिएका छन् । मलेसिया सरकारलाई यसका बारेमा विचार गर्न र सोही अनुरुपको कार्यक्रम ल्याउन उनीहरुले सुझाव दिएका हुन् ।

मलेमेलका अनुसार मलेसियाका केहि क्षेत्रमा अहिले नै विदेशी श्रमिकको अभाव छ । कोभिडका कारण लामो समयसम्म विदेशी श्रमिक आउन बन्द भएका कारण यस्तो अभाव भएको हो । विदेशी श्रमिकको अभाव हुँदै गएपछि विदेशी लगानीकर्ताहरु पनि मलेसियामा आकर्षित नहुने भन्दै अर्थशास्त्रीहरुले समयमै यसका बारेमा ध्यान दिन आग्रह गरेका हुन् । सन् १९९० को दशकमा ठूलो आर्थिक विकास गरेको मलेसिया विदेशी लगानीकर्ता र विदेशी श्रमिक दुवैको आकर्षक गन्तव्य थियो । यसले मलेसियाको विकासमा महत्वपूर्ण योगदान गरेको थियो ।
तर पछिल्लो समयमा खाद्यान्नसँग सम्वन्धित क्षेत्रमा विदेशी श्रमिकको अभाव सुरु भइसकेको समाचारमा जनाइएको छ । कोभिडका कारण तहसनहस भएको सो क्षेत्र अहिले विस्तारै उकासिन थालेपनि अहिले श्रमिकको अभाव देखिएको हो । मलेसियामा धेरै श्रमिक पठाउने छिमेकी मुलुकहरु फिलिपिन्स, ईण्डोनेशिया र भियतनाममा पनि रोजगारीको अवसरमा बृद्दि भएका कारण ति मुलुकबाट आउने श्रमिकको संख्या कम भएको छ ।

यसैगरी मलेसियाले पछिल्लो दुई बर्षमा लिएको नितिका कारण पनि विदेशी श्रमिकको संख्यामा गिरावट आएको छ । दक्ष विदेशी श्रमिकसमेत नलिने नितिका कारण मलेसियामा अहिले विदेशी श्रमिकको अभाव चर्किएको अर्थशास्त्रीहरुको तर्क छ । गत मे १ तारिखदेखि स्वदेशी र विदेशी दुवै श्रमिकलाई मासिक १५ सय रिंगिट भन्दा कममा काममा राख्न नपाइने नितिले पनि समस्या पारेको उनीहरुको तर्क छ ।

गत महिना रोयटर्सले प्रकाशित गरेको समचार अनुसार मलेसियाका पाम आयल निर्यात गर्ने कम्पनीहरुले थप माग लिन नसक्ने अवस्थामा पुगेका थिए । विदेशी श्रमिकको अभावका कारण यस्तो अवस्था आइपरेको रोयटर्सको निश्कर्ष छ । विदेशी श्रमिकको चर्का अभाव सुरु भइसकेपछि मलेसिया सरकारले विदेशी श्रमिक लिन खुल्ल गरेको छ । केहि समय अगाडी मलेसियाले बंगलादेशबाट ठूलो संख्यामा श्रमिक लिने तयारी गरेपनि सिमित मेनपावर कम्पनीहरुलाई मात्र श्रमिक पठाउने अनुमति दिएपछि सो विषय पनि विवादमा परेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय