प्रधानमन्त्री रोजगार कार्यक्रमबाट विपन्न वर्गलाई टेवा: मन्त्री कुँवर

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले बिपन्न वर्गको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताएका छन् । कैलालीको धनगढीमा मंगलबार प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विशेषगरी बिपन्न बर्गका नागरिकहरुको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताए ।

स्थानीय स्तरमा आवश्यकताको पहिचान गरि सोहि अनुसार कार्यक्रम कार्यान्वयन गर्दा लक्षित वर्ग त्यसबाट प्रत्यक्ष लाभावन्वित हुने मन्त्री कुँवरको भनाई छ । देश विकासमा युवा जनशक्तीको अनिर्वाय सहभागितामा जोड दिदैं उनले दक्ष युवा जनशक्ती उत्पादन र तिनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ सबै तहका सरकारहरुको गम्भिर ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक डण्डुराज घिमिरेले कैलाली र कञ्चनपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन पछि भएका उपलब्धी र प्रभावकारी कार्यान्वयनका लागि भइरहेका समस्याका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा कैलालीका १३ र कञ्चनपुरका ९ पालिकाका प्रतिनिधि २ जिल्ला समन्वय समितिका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत रोजगार संयोजकहरुको सहभागिता रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: