जोखिम श्रेत्रमा रहेका श्रमिकका मागलाई उच्च प्राथमिकतामा राखेर काम गर्छु : मन्त्री कुँवर

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जोखिम क्षेत्रमा काम गर्ने श्रमिकले उठाएका मागलाई सम्बोधन गर्ने गरी काम गर्ने बताएका छन् । शनिबार नेपाल इलेक्ट्रिसियन संघको कार्यक्रममा बोल्दै उनले इलेक्ट्रिसियन क्षेत्र धेरै जोखिम हुने क्षेत्र भएकाले त्यहाँका श्रमिकलाई साम्बोधन हुने गरी काम गर्ने बताएका हुन् ।

उनले आफु सधै श्रमिकको न्यायको पक्षमा भएकाले उनीहरुका समस्या, पिडा र सुरक्षाका लागि सधै तयार रहेको बताए । साथै उनले यो प्राविधिक सीप बोकेर सधै विद्युतसँग लुकामारी गर्ने जोखिमयुक्त काम भएकाले इलेक्ट्रिसियन क्षेत्रमा काम गर्ने कामदारको हिताका लागि लाग्ने बताए । इलेक्ट्रिसियन क्षेत्रमा काम गर्ने व्यक्तिहरुको प्रतिष्ठा समाजमा जुन रुपमा पुग्नु पर्ने हो सो नभएको भन्दै मन्त्री कुँवरले आफुले समाजले गर्ने व्यवहार परिवर्तनका लागि पनि पहल गर्ने बताए ।

२०६४ सालमा स्थापना भएको संघले स्वदेश तथा विदेशमा काम गर्ने सम्पुर्ण ईलेक्ट्रिसियनलाई सहयोग तथा तालिमको व्यवस्था गर्दै आइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: