क्यानडा र जर्मनी पठाउने नाममा भ्रममा नपर्नु: विभाग

वैदेशिक रोजगार विभागले विभागको लेटर हेड तथा सूचना अधिकारी कृष्ण प्रसाद भुसालको हस्ताक्षरको दुरुपयोग गरी क्यानडा र जर्मनीमा श्रमिक पठाउने भनेर किर्ते सूचना सामाजिक सञ्जालमा देखिएको भन्दै त्यस्तो भ्रामक सूचनाको भ्रममा नपर्न आग्रह गरेको छ । विभागले एक विज्ञप्ती प्रकाशित गर्दै यस्तो सूचित गरेको हो ।

विभागका निर्देशक कृष्ण प्रसाद भुसालको हस्ताक्षर दुरुपयोग गरी त्यस्तो सुचना निकालेर सामाजिक सञ्जालमा राखिएपछि विभागले त्यस्तो कुनै सूचना प्रकाशित नगरिएको र कुनै कारोवार नगर्न अनुरोध गरेको छ । यसैगरी कसैले त्यसरी रकम असुल्न खोजेमा विभागमा यथाशिघ्र जानकारी गराइदिन पनि अनुरोध गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: