कतारमा बन्द सार्वजनिक स्थलमा मास्क अनिवार्य

कतारले कोभिड १९ को संक्रमण फैलिन नदिन बन्द सार्वजनिक स्थलमा फेस मास्क लगाउन अनिवार्य गरेको छ । कोरोना संक्रमणको दर बढेको भन्दै कतारको मन्त्रिपरिषदले यस्तो निर्णय गरेको छ ।

कतार सरकारको सो निर्णय पश्चात जुलाइ ७ देखि लागु भएको सो निर्णय अनुरुप पालना गर्न गराउन कतारमा कार्यरत नेपालीलाई नेपाली राजदूतावासले अनुरोध गरेको छ । कतारको मन्त्रिपरिषदले अस्पतालहरु, सार्वजनिक गाडीहरु, मल, मस्जिद, पसलहरुमा मास्क अनिवार्य गरेको छ । ६ बर्षभन्दा माथि उमेर भएका व्यक्तिहरुले बन्द सार्वजनिक स्थलमा मास्क लगाएर कोभिड संक्रमणलाई फैलन रोक्न सकिने छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: