कतारका लागि नेपाली राजदूतले सम्हाले कार्यभार

कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेश विक्रम ढकालले बुधवारदेखि नेपाली राजदूतावास दोहामा आफ्नो कार्यभार ग्रहण गरेका छन् । राजदूतावासमा आयोजित संक्षिप्त कार्यक्रममा राजदूत ढकाललाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरुले स्वागत गरेका थिए । सो अवसरमा राजदूतावासको तर्फबाट नियोग उपप्रमुख लक्ष्मण खनालले राजदूतावासको सेवा प्रवाह र नेपाल –कतार द्विपक्षीय सम्बन्ध बारे जाानकारी गराएका थिए ।

सो अवसरमा राजदूत ढकालले उपस्थित कूटनीतिक तथा स्थानीय कर्मचारीहरुलाई स्वागतका लागि धन्यवाद दिंदै दूतावासको सेवाप्रवाहलाई आवश्यकता अनुरूप थप चुस्त बनाउने र नेपाल कतार सम्बन्धका विविध आयामहरूमा उपलब्ध सम्भावनालाई नेपाल र नेपालीको हितका लागि उपयोग गर्ने दिशामा आफ्ना प्रयासहरू केन्द्रित रहने बताए ।

यसअघि बुधवार नै राजदूत ढकाल दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा त्यहांको अति विशिष्ट कक्षमा कतारको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल तथा राजदूतावासका कूटनीतिक अधिकारीहरूले उनलाई स्वागत गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: