सामाजिक सुरक्षा कोषले न्यून आय भएका श्रमिकलाई राहत: मन्त्री कुँवर

श्रम मन्त्री शेरबहादुर कुँवरले नेपालमा श्रमिकले प्राप्त गर्ने सेवा सुविधा न्यून रहेको र सामाजिक सुरक्षा कोषले उनीहरुलाई केहि भएपनि मद्दत गरेको बताएका छन् । उनले कोषको स्थापनाले श्रमिकलाई राहत पुगेको भन्दै यसको दायरा विस्तार गर्नुपर्ने बताए ।

सामाजिक सुरक्षा कोषले सुरु गरेको स्वचालित विद्युतिय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री कुँवरले श्रमिकले गरेको योगदानबाट कसरी श्रमिकलाई नै सहयोग गर्न सकिन्छ भनेर नै सामाजिक सुरक्षा कोष सञ्चालनमा आएको बताए । उनले कोषले दिने सेवालाई अझ विस्तार गर्नुपर्ने, प्रदेश तहमा यसका सेवाको पहुँच विस्तार गर्नुपर्ने धारणा पनि राखे । सेवा लिन काठमाडौं नै आउनु पर्ने अवस्थाको अन्त्य हुनु पर्ने भन्दै मन्त्री कुँवरले अनलाइन प्रणालीबाट दावी रकम भुक्तानीले पनि आफ्नै ठाउँबाट सेवा प्राप्त गर्न सहयोग गर्ने उनको भनाई थियो ।

सो अवसरमा बोल्दै मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारमा रहेकाहरुलाई टेलिमेडिसिनको सुविधा प्रदान गर्ने तयारी वैदेशिक रोजगार बोर्ड मार्फत भइरहेको र स्वदेशमा पनि दुरदराजका श्रमिकलाई यस्तो सेवा प्रदान गर्न मन्त्रालयले तयारी गरिरहेको बताए ।
कोषले हालसम्म मुलुकका १ सय २६ वटा अस्पतालहरुसँग कोषमा योगदान गर्नेहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने सम्वन्धि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । त्यसमध्ये २६ वटा स्वास्थ्य संस्थाले अवदेखि कोषका योगदानकर्ताले प्राप्त गर्ने सुविधा बरावरको स्वास्थ्य सेवा नि:शुल्क उपलव्ध गराई सो बरावरको रकम अनलाइन मार्फत नै कोषमा दावी गर्नेछन् । सम्पूर्ण कागजात र प्रकृया पुर्याई गरिएको सो दावी रकम बढीमा दुई दिन भित्रमा सम्वन्धित अस्पताललाई फिर्ता गरिने कोषले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: