डेढ करोड बढी रकम ठगेको अभियोगमा दुईवटा मेनपावर कम्पनी विरुद्द मुद्दा

संयुक्त अरव ईमिरेट्स (युएई) मा आकर्षक रोजगारीमा पठाउने भन्दै विभिन्न व्यक्तिलाई डेढ करोड भन्दा बढी ठगेको अभियोगमा दुईवटा मेनपावर कम्पनी विरुद्द मुद्दा दायर भएको छ । वैदेशिक रोजगार विभागले ३९ जना व्यक्तिलाई ठगेको अभियोगमा द रोयल गोर्खा ओभरसिज तथा एक्टिभ इम्प्लोई सर्भिसेजका सञ्चालक तथा सो घटनामा संलग्नहरु विरुद्द मुद्दा दायर गरेको हो ।

विभागका निर्देशक कृष्ण प्रसाद भुसालका अनुसार द रोयल गोर्खा ओभरसिजका सञ्चालक कमल बिक समेतले ३६ जना व्यक्तिलाई युएईमा आकर्षक तलव हुने रोजगारीमा पठाउने भन्दै प्रतिव्यक्ति ८ लाखसम्म असुलेको देखिएको छ । विभागको अनुसन्धानमा सो मेनपावर कम्पनीका सञ्चालक लगायतले अम्र्स गार्ड, डीपिएस सेक्यूरिटी गार्डमा रोजगारी लगाइदिने भन्दै पीडित व्यक्तिहरुबाट १ करोड ४३ लाख १८ हजार ५ सय ठगि गरेको ठहर भएको छ । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार ठगिको रकममा ५० प्रतिशत थप हर्जना सहित २ करोड १४ लाख ७७ हजार ७ सय ५० रुपैंया मागदावी सहित विभागले ६ जना विरुद्द वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको हो ।

यसैगरी एक्टिभ इम्प्लोइ सर्भिसेज प्रालीका सञ्चालक कमल बिक सहितका व्यक्तिहरुले युएईमा नै सुरक्षा गार्डको काममा पठाउने गरी थप तीन जना व्यक्तिहरुलाई पनि ठगि गरेको अभियोगमा विभागले मुद्दा दायर गरेको छ । सो कम्पनीले तीनजनासँग गरी १४ लाख ३७ हजार ठगि गरेको विभागको निश्कर्ष छ । सो अभियोगमा विगो र हर्जना गरी २१ लाख ५५ हजार ५ सय रकम मागदावी सहित मुद्दा दायर भएको हो ।

वैदेशिक रोजगारमा हुने ठगि विरुद्द अनुसन्धान गर्ने र विभागबाट फस्र्यौट हुन नसकेका मुद्दाहरु वैदेशिक रोजगार न्यायाधिकरणमा दायर गर्नुपर्ने कानुनी व्यवस्था छ । तर सामान्यतया व्यववसायी विरुद्दका मुद्दाहरु न्यून मात्रामा मात्र न्यायाधिकरणमा दायर हुने गरेका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: