इजरायलमा रोजगारीका लागि जाने पर्खाईमा रहेकाहरुले पुन: स्वास्थ्य परिक्षण गराउनु पर्ने

इजरायलमा दीर्घकालिन स्याहार केन्द्रहरुमा रोजगारीका लागि जान छनौट भएका तर जान बाँकी रहेकाहरुले पुन: स्वास्थ्य परीक्षण गराउनु पर्ने भएको छ । आफूले पहिले स्वास्थ्य परीक्षण गराएकै संस्थाहरुमा असार २० देखि २६ गते भित्र पुन: स्वास्थ्य परीक्षण गराउन वैदेशिक रोजगार विभागले सुचित गरेको छ ।

विभागले पुन: स्वास्थ्य परीक्षण गर्न जाँदा सम्वन्धित व्यक्तिहरुले अनिवार्य रुपमा तीन प्रति रंगिन फोटो र राहदानीको प्रतिलिपि लिएर जान विभागले अनुरोध गरेको छ । यसैगरी पुन: स्वास्थ्य परीक्षण गराउनुका साथै कोभिड १९ विरुद्दको पूर्ण खोप लगाई त्यसको प्रमाण पत्र पनि विभागको इजरायल शाखाको इमेल ठेगाना israelsec@dofe.gov.np मा अनिवार्य रुपमा पठाउन सुचित गरेको छ ।

यस अगाडी इजरायल जान चाहनेहरुको स्टार अस्पताल, मनमोहन स्मृति मेडिकल कलेज तथा शिक्षण अस्पताल र ह्याम्स अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: