अवैधानिक रुपमा बसेका विदेशी श्रमिकलाई काम दिने रोजगारदाता पक्रने तयारी

मलेसियाले अवैधानिक रुपमा बस्दै आएका विदेशी नागरिकलाई रोजगारीमा राख्ने रोजगारदातालाई पक्राउ गरी कानुनी कारवाही गर्ने भएको छ । मलेसियाका गृहमन्त्री हमजा जैनुद्दिनले यस्तो चेथतावनी दिएका हुन् ।

गृहमन्त्री जैनुद्दिनले राहदानी साथमा रहेका र मलेसियामा रोजगारीका लागि वैधानिक कागजात भएकाहरुलाई मात्र रोजगारीमा राख्न आग्रह गर्दै गृहमन्त्रालय र सम्वद्द अनय निकायहरुले अव ठूलो मात्रामा धरपकड सुरु गर्ने बताएको मलेमेलले समाचार प्रकाशित गरेको छ ।

यदि सो क्रममा पक्राउ परेर जेल जानु परेमा गुनासो नगर्न पनि उनले रोजगारदाताहरुलाई सजग गराए । मन्त्रालयले यस अगाडी नै यसका बारेमा जानकारी गराइसकेको भन्दै अव अध्यागमन कानुन अनुसार व्यवहार गरिने बताए । मलेसियाले गैर कानुनी रुपमा बस्दै आएका विदेशी नागरिकलाई आज अर्थात जुन ३० तारिख भित्र सहज रुपमा स्वदेश फर्किने अवसर दिएको थियो । मलेसियाले सञ्चालन गरेको सो कार्यक्रममा सहभागि भएर २ लाख भन्दा बढी विदेशी श्रमिकले मलेसियाबाट स्वदेश फर्केको गृहमन्त्री जैनुद्दिनले जानकारी दिएका छन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: