विश्वकप फुटवल प्रतियोगिता लक्षित गर्दै कतारमा होटलले थप्दै १२ हजार विदेशी श्रमिक

आसन्न विश्वकप फुटवल प्रतियोगिता लक्षित गर्दै कतारमा होटल क्षेत्रमा १२ हजार अल्पकालिन समय काम गर्नेगरी विदेशी श्रमिक लिने तयारी गरिएको छ । विभिन्न अपार्टमेण्टहरुमा विदेशी पाहुनाहरुका लागि बस्न कोठा सञ्चालन गर्नेगरी युरोपको ठूलो होटल सञ्चालक कम्पनी एकुरले जिम्मेवारी पाएको छ । सोही कम्पनीले सिमित समयका लागि विदेशी श्रमिक लिन चाहेको कतारको सञ्चार माध्यम द पेनन्सुल कतारले जनाएको छ ।

कतारका होटलहरुले मात्र विश्वकप फुटवल प्रतियोगिताको दौरान आउने विदेशी पाहुना राख्न नसक्ने भएका कारण कतारले विभिन्न अपार्टमेण्टहरुमा ६५ हजार वटा कोठाहरुलाई विदेशीका लागि बस्न उपलव्ध गराउनेगरी तयारी गरेको छ । यसका लागि एकुरलाई जिम्मेवारी दिइएको हो । ६५ हजार कोठाहरु सञ्चालन गर्नु भनेको ६ सय वटा होटलहरु सञ्चालन गरे जस्तै हुने र यसका लागि पर्याप्त जनशक्ति आवश्यक पर्ने एकुरले जनाएको छ । त्यसका लागि हाउसकिपर, फ्रण्ट डेस्क स्टाफ, लजिष्टिक एक्सपर्ट लगायत आवश्यक पर्ने जनाइएको छ ।

हालसम्म कतारमा विश्वकप फुटवल प्रतियोगिताका लागि २५ हजार कोठाहरु बुक भइसकेका छन् भनें १ लाख कोठाको माग हुने अपेक्षा गरिएको छ । आगामी नोभेम्वर र डिसेम्वरमा हुने विश्वकप फुटवल प्रतियोगिताका लागि कतारमा १२ लाख विदेशी दर्शक आउने अनुमान गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: