साउदी अरवले अनिवार्य खोपको व्यवस्था हटायो

साउदी अरवमा कोभिड १९ को खोप नलगाइ नै प्रवेश गर्न तथा बाहिरिन पाउने व्यवस्था भएको छ । सो मुलुकले कोभिडसँग सम्वन्धित सवै बन्देजहरु फुकुवा गरेसँगै यस्तो व्यवस्था भएको हो ।

साउदी अरेवियाको ओकज पत्रिकाका अनुसार साउदी अरेव प्रवेश गर्न चाहने विदेशी नागरिकसँग वैधानिक भिसा, पासपोर्ट हुनु पर्ने जनाइएको छ । साउदी अरवको सम्वन्धित निकायका अधिकारीलाई उधृत गर्दै सो पत्रिकाले साउदी फर्किन चाहने विदेशी श्रमिकसँग म्याद बाँकी भएको भिसा तथा आवासिय अनुमति र परिचयपत्र (आइडी) हुनु पर्नेछ ।

३ करोड ४८ लाख जनसंख्या रहेको साउदी अरवमा विदेशी श्रमिकको ठूलो संख्या छ । गत हप्ता साउदी अरवले कोभिड १९ सँग सम्वन्धित सवै प्रकारका बन्देजहरु हटाएको थियो । यस अन्तर्गत बन्द कोठामा मास्क लगाउनु पर्ने, कुनै सभा समारोहमा प्रवेश गर्न वा सार्वजनिक यातायातका साधनमा चढ्न खोप लगाएको हुनुपर्ने लगायतका व्यवस्था हटाइएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: