साउदीमा अपरान्ह तीन घण्टा खुल्ला स्थानमा काममा लगाउन रोक

साउदी अरवमा बुधवार (जुन १५) देखि १५ सेप्टेम्वरसम्म मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ला स्थान (घाम लाग्ने ठाउँ) मा काममा लगाउन नपाउने भएका छन् । साउदी अरवको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय (श्रम मन्त्रालय) ले कुनै पनि रोजगारदाताले श्रमिकलाई सो समयमा बाहिर घाममा काममा लगाउन नपाउने जनाएको छ । यदी कुनै कम्पनी वा रोजगारदाताले यो नियमको अवज्ञा वा उल्लंघन गरेमा श्रम मन्त्रालयको टोल फ्री नं. १९९११ मा गुनासो टिपाउन अनुरोध गरेको छ ।

यसैबीच साउदी अरवस्थित नेपाली दूतावासले कम्पनीको सुपरभाइजरले वा क्याम्प बोस वा यस्तै अन्य व्यक्तिले कामदारको गल्ती नै नभएको बेलामा पनि कुटपिट गर्ने तथा विभिन्न प्रकारका शारीरिक हिंसा गर्ने गरेको गुनासो प्राप्त हुन थालेको जनाएको छ । यस्तो अवस्था भएमा प्रहरीलाई ९११ मा तुरून्तै सम्पर्क गर्न दूतावासले जानकारी गराएको छ । कुटपिट र शारीरिक हिंसा बाहेक कम्पनी वा रोजगारदातासँग कुनै समस्या भएमा श्रम मन्त्रालयको टोल–फ्री नं १९९११ मा सम्पर्क गर्न सकिने पनि दूतावासले स्पष्ट पारेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय