डलरको मूल्य हालसम्मै उच्च विन्दुमा, विदेशबाट रकम पठाउनेलाई फाइदा

अमेरिकी डलरको मूल्य नेपालमा हालसम्मकै उच्च विन्दुमा पुगेको छ । विहिवार एक अमेरिकी डलरको खरिद मूल्य १ सय २४ रुपैंया ८ पैसा तथा विक्रि मूल्य १ सय २४ रुपैंया ६८ पैसा रहेको छ ।

यसैगरी कतारी रियालको खरिद दर ३३ रुपैंया ९९ पैसा तथा विक्रि दर ३४ रुपैंयाँ १६ पैसा रहेको छ । साउदी रियालको खरिद दर ३३ रुपैंया ८ पैसा तथा विक्रि दर ३३ रुपैंया २४ पैसा रहेको छ ।

यसैगरी युएई दिरामको खरिद दर ३३ रुपैंया ७८ पैसा तथा विक्रि दर ३३ रुपैंया ९४ पैसा रहेको छ । कुवेती दिनारको खरिद दर ४ सय ४ रुपैंया ९९ पैसा पुगेको छ भनें विक्रि दर ४ सय ६ रुपैंयाँ ९५ पैसा पुगेको छ । बहराइन दिनारको खरिद दर ३ सय २९ रुपैंया १६ पैसा तथा विक्रि दर ३ सय ३० रुपैंयाँ ७५ पैसा रहेको छ ।

मलेसियन रिंगिटको २८ रुपैंया २४ पैसा तथा विक्रि दर २८ रुपैंया ३८ पैसा रहेको छ । पछिल्लो केहि महिनायता उकालो लागेको अमेरिकी डलरको विनिमय दर उच्च छ । अमेरिकी डलरको मूल्य वृद्दिसँगै अन्यू मुलुकहरुको मुद्राको पनि विनिमय दर बढेको हो । अमेरिकी डलरको मूल्य बढ्दा विदेशबाट रकम पठाउनेहरुलाई फाइदा हुन्छ । तर मुलुकले विदेशबाट आयात गर्ने सामानको मूल्य वृद्दि हुने हुँदा नेपालजस्तो आयातमा आधारित मुलुकलाई भनें डलरको मूल्य वृद्दिले नोक्सानी बढाउने गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: