युवालाई सीप सिकाउन साँसदहरुको जोड

प्रतिनिधिसभामा जारी बजेट माथिको मन्त्रालयगत छलफलमा बोल्दै साँसदहरुले युवालाई तालिम दिएमा स्वदेशमा नै रोजगारी वृद्दि हुन सक्ने र वैदेशिक रोजगारमा जाँदा पनि राम्रो आम्दानी गर्न सक्ने बताएका छन् । मंगलवार संसदमा भएको छलफलमा भाग लिंदै साँसदहरुले उपयुक्त तालिम उपलव्ध नभएको, भएको तालिम पनि प्रभावकारी नभएको गुनासो गरे ।

छलफलमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का साँसद लक्ष्मण लाल कर्णले साधारण सीप सिकाउने हो भनें श्रमिकले अहिलेभन्दा तेव्वर आम्दानी गर्ने बताए । उनले एक महिनाको तालिम मात्र दिने हो भनें पनि आम्दानी धेरै बढाउन सकिने बताए । वैदेशिक रोजगारमा जाने वा पठाउने कामलाई आफूले नराम्रो नमान्ने भन्दै तर त्यसलाई उपलव्धीमूलक बनाउन सरकारले ध्यान दिनेपर्ने साँसद कर्णको भनाई थियो । उनले वैदेशिक रोजगारमा जानेहरुको सरक्षाका बारेमा सरकारले सोच्नु पर्ने बताए ।

छलफलमा भागलिंदै राष्ट्रिय जनमोर्चाकी साँसद दुर्गा पौडेलले हाल मुलुकमा चलिरहेका तालिम नाम मात्रका हुने गरेको भन्दै त्यसको गुणस्तर वृद्दिको माग राखिन् । श्रम मन्त्रालय श्रम मन्त्रालय वैदेशिक रोजगारमा जान चाहनेहरुलाई श्रम स्वीकृति मात्र दिने निकाय जस्तो भएको भन्दै स्वदेशमा काम गर्ने श्रमिकका लागि पनि काम गर्न उनले आग्रह गरिन् । उनले विदेशमा सीप सिकेर फर्केकाहरुलाई मुलुकभित्रै रोजगारीसँग जोड्ने कार्यक्रमको माग गरिन् । यसैगरी अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षामा जोड्न आवश्यक रहेको धारणा राखिन् ।

साँसद समिना हुसेनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय केवल नेपालीलाई श्रमका लागि विदेश पठाउने मात्र नभएको हुदा नेपालमै काम गर्ने वातावरण बनाउनु पर्ने बताइन् । उनले समान कामको समान ज्यालाको वातावरण बनाउन आवश्यक रहेको धारणा राखिन् ।

साँसद रेनुका गुरुङले आगामी आर्थिक बर्षको बजेटमा सीप विकास तालिम, जनचेतना कार्यक्रम र गोष्ठि तालिमका लागि समग्रमा बजेट छुट्याइएको भन्दै त्यसले बजेट दुरुपयोग हुन सक्ने आशंका प्रकट गरिन् । यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहले झार उखेल्ने, कुचो लगाउने जस्ता काममा खर्च गरिरहेको भन्दै आगामी आर्थिक बर्षमा यस कार्यक्रममा नयाँ कार्यक्रम के छ भनेर प्रश्न गरिन् । रोजगार सुचना केन्द्रमा सुचिकृत हुने व्यक्तिका लागि कस्तो कार्यक्रम आउँछ भनेर पनि उनले प्रश्न गरिन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: