श्रमिकको अन्तिम छनौट हुनु अगाडी नै स्वास्थ्य परीक्षण गराएमा कारवाही हुने

वैदेशिक रोजगारका लागि मलेसिया जान चाहने श्रमिकको छनौट अगावै स्वास्थ्य परीक्षण गराएमा सरकारले कारवाही गर्ने भएको छ । वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति वा मागपत्र प्रमाणीकरण समेत नहुँदै श्रमिकको स्वास्थ्य परीक्षण गराउने गरेको पाइएको जनाएको हो ।

विभागले एक विज्ञप्ती प्रकाशित गर्दै वैदेशिक रोजगार ऐन २०६४ ले अन्तर्वार्ताको प्रकृया समेत सकिएपछि छानिएका व्यक्तिको मात्र स्वास्थ्य परीक्षण गराउनु पर्नेमा सुरुमै गराउने गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ । यस्ता कृयाकलापले श्रमिकहरु ठगिने र भविष्यमा विविध समस्याहरु उत्पन्न हुन सक्ने जोखिम रहेको विभागको भनाई छ । तसर्थ छनौट सूचिमा सूचिकृत हुनु अगार्व स्वास्थ्य परीक्षण नगराउन र कसैले गरेमा प्रचलित कानुन अनुसार कडा कारवाही हुने विभागले स्पष्ट पारेको छ ।

वैदेशिक रोजगारमा जानेहरुलाई विदेश पठाउनु अगाडी अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराउनु पर्ने कानुनी व्यवस्था छ । सोही बमोजिम वैदेशिक रोजगार व्यवसायीहरुले भनें छनौट सूचि प्रकाशित हुनु अगावै सम्पूर्ण श्रमिकको स्वास्थ्य परीक्षण गराएर रकम असुल्ने काम गरेका कारण विभागले यस्तो नगर्न चेतावनी दिएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: