भिजिट भिसा वा अन्य नाममा वैदेशिक रोजगारमा पठाएर ठगिमा परेको भएमा सुचना दिन आग्रह

वैदेशिक रोजगारको नामका कसैले प्रलोभनमा पारेको, रकम असुलेको, विदेशमा लगेर अलपत्र पारेको वा भिजिट भिसामा पठाएर ठगेको भएमा उजुरी दिन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालनको इजाजतपत्र नलिई कुनै व्यक्ति, समूह वा संस्थाले त्यसरी ठगेको भएमा विभागमा जानकारी गराउन आग्रह गरेको हो ।

विभागका निर्देशक डम्बर बहादुर सुनुवारले त्यस्तो कार्य भएको भएमा विभागले हालै गठन गरेको शीघ्र प्रत्यूत्तर टोली (आरआरटी) को ईमेल र मोवाइल नम्वरमा जानकारी गराउन आग्रह गरेका छन् । यसरी सुचना दिने व्यक्तिको पहिचान गोप्य राखिने जनाइएको छ ।

समस्यामा परेकाहरुले [email protected] वा [email protected] मा ईमेल गरेर वा मोवाइल नम्वर ९८५१३३४१०७ मा फोन गरेर जानकारी गराउन सक्नेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय