कतारमा दिउँसो काममा लगाउन बन्देज, जवर्जस्ती काममा लगाए उजुरी गर्न आग्रह

कतार सरकारले दिउँसोको समयमा अत्यधिक तापक्रम हुने भएका कारण जुन १ तारिख देखि सेप्टेम्वर १५ सम्म दिउँसोको समयमा खुल्ला ठाउँमा काममा लगाउन बन्देज लगाएको छ । कतारको श्रम मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

तापक्रम उच्च भएसँगै कतारले बिहान १० बजेदेखि अपरान्ह ३:३० बजेसम्म खुल्ला क्षेत्रमा काममा लगाउन प्रतिवन्ध लगाएको हो । सो निर्णयको उल्लंघन भएमा र कसैलाई जवर्जस्ती काम गर्न बाध्य पारेमा श्रम मन्त्रालयमा उजुरी दिन सकिने व्यवस्था छ ।

गर्मी समयमा कार्यस्थलमा कसरी सुरक्षित रहने ?
गर्मी बढेसँगै श्रमिक स्वयंले पनि आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्दछ । विहान उठ्ने वित्तिकै पानी पिउने, कार्यस्थलमा काम गर्दा हल्का र खुकुलो लुगा लगाउने, घाममा काम गर्दा टाउको ढाक्नु आवश्यक रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरु बताउँछन् । यो समयमा थोरैमात्र हेलचेक्रयाईंले पनि ज्यानै जान सक्ने जोखिम हुने गरेको उनीहरुको भनाई छ ।

गर्मी समयमा आफ्नो स्वास्थ्य अवस्थालाई सामान्य राख्न हरेक आधा घण्टामा कम्तीमा दुई ग्लास पानी पिउनुपर्दछ । यसैगरी पिसावको रंग फिका पहेंलो भए ठिकै, गाढा पहेंलो भएमा शरिरमा पानी पुगेन भन्ने बुझ्नुपर्दछ र पानी पिउनुपर्दछ ।

गर्मीको समयमा काम गर्दा मुटुको धड्कन अस्वभाविक रुपमा बढेमा, धेरै पसिना आएमा, कमजोर र थकित महशुश भएमा, माँशपेशी बाउँडिएमा, टाउको दुखेमा, रिंगटा लागेमा, वाकवाक लागेमा, शरिर शिथिल भएमा आफ्नो सुपरभाइजरलाई अविलम्व जानकारी गराउनु पर्दछ ।
यो सुचनामुलक सामग्री हेर्नुहोस्

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: