विदेशमा रहेका र स्वदेश फर्केकाहरुले खरिद गर्न पाउने उच्च व्याजदरको बचतपत्र विक्रि सुरु हुँदै

विदेशमा रहेका र वैदेशिक रोजगार पश्चात स्वदेश फर्केका नेपालीहरुले लगानी गर्न पाउने गरी राष्ट्र बैंकले बुधवार देखि वैदेशिक रोजगार बचतपत्र विक्रि खुल्ला गर्दैछ । ५ बर्ष अवधिको सो बचतपत्रको व्याज वार्षिक १२.५ प्रतिशत हुनेछ ।

राष्ट्र बैंकका अनुसार जेठ १८ गते देखि विक्रि खुल्ला हुने सो बचतपत्र असार ६ गतेसम्म खरिद गर्न पाइनेछ । सो बचतपत्र रोजगारीका क्रममा विदेशमा रहेका, वैदेशिक रोजगारबाट स्वदेश फर्केकाहरु तथा गैरआवासिय नेपालीहरुले खरिद गर्न पाउनेछन् । सो बचतपत्र नेपाल राष्ट्र बैंकको वेभसाइटमा रहेको लिंकमा राखिएको प्रकृया अनुसार अनलाइन आवेदन भरेर खरिद गर्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकले समय समयमा विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै बचतपत्र विक्रि खुल्ला गरेपनि अप्क्षित रुपमा आवेदन पर्ने गरेको छैन । यसपटक उच्च व्याजदर सहित बचतपत्र विक्रि खुल्ला गर्न लागेको हुँदा यसअगाडीको तुलनामा केहि बढी आवेदन पर्ने अनुमान गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: