साउदीमा १ सय १८ नेपालीले पाए एक्जिट

साउदी अरेबियामा रोजगारीका लागि पुगेका र विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका १ सय १८ जना नेपालीले स्वदेश फर्किन आवश्यक पर्ने बहिर्गमन भिसा (एक्जिट भिसा) प्राप्त गरेका छन् । साउदीस्थित नेपाली दूतावासका अनुसार दूतावास मार्फत सम्वन्धित साउदी निकायमा गरिएको अनुरोध अनुसार ति भिसा प्राप्त भएका हुन ।

दूतावासका अनुसार गत दुई हप्तामा प्रकृया अगाडी बढाइएका मध्ये १ सय १८ जना नेपालीलाई स्वदेश फर्किने अनुमति सहितको भिसा प्राप्त भएको हो । भिसा प्राप्त गरेकाहरुको सूचि दूतावासले फेसबुक पेजमा राखेको छ । सो सूचिमा नाम भएकाहरुले दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जान अनुरोध गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: