वैदेशिक रोजगारमा रहेकाहरुलाई शेयरमा १० प्रतिशत आरक्षण

सरकारले वैदेशिक रोजगारमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निश्काशनमा १० प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । आगामी आर्थिक बर्षको बजेट मार्फत सरकारले यस्तो व्यवस्था गरेको हो ।

मुलुकमा विदेशी मुद्राको सञ्चितिमा ह्रास भएर अर्थतन्त्रमा दवाव परिरहेको अवस्थामा सरकारले वैधानिक माध्यमबाट विदेशबाट रकम भित्रियाउन यो आरक्षणको व्यवस्था गरेको हो । यसैगरी धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरूको लगानी खोल्न कानुनी व्यवस्था मिलाउने पनि बजेट वक्तव्यमा समावेश छ । विदेशमा बस्दै आएका गैरआवासिय नेपालीलाई नेपालको धितोपत्रमा लगानी गर्ने वातवरण मिलाउन लामो समयदेखि आवाज उठ्दै आएको छ । यसले नेपालको शेयर बजार थप विस्तार हुने अपेक्षा गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: