सरकारले सहरी गरिवलाई रोजगार र स्वरोजगारको अवसर प्रदान गर्न क्षमता अभिवृद्दिका लागि सीपमूलक तालिम दिइने भएको छ । यसैगरी निजहरुका लागि आधारभूत सुविधा सहितको अपार्टमेण्ट निर्माण गर्ने व्यवस्था मिलाउने भएको छ । परम्परागत पेशा व्यवसायलाई प्रवद्र्दन गर्न सरकारले सीप प्रदान तथा बीउ पूँजी प्रदान गर्ने छ ।
अर्थमन्त्री जनार्दन शर्माले दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । सहुलियतपूर्ण ऋणलाई पनि सरकारले निरन्तरता दिने भएको छ । यसैगरी वैदेशिक रोजगारबाट फर्केकाहरुले गर्ने व्यवसायलाई प्रवर्दन गर्न च्यालेञ्ज फण्ड स्थापना गरी सहुलियतपूर्ण ऋण प्रदान गर्ने पनि सरकारले बताएको छ । यसैगरी सरकारले आगामी बर्ष थप १० लाख पर्यटक भित्रियाउने गरी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।