मलेसिया पठाएका श्रमिकको विवरण पठाउन थपियो १५ दिनको म्याद

वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीहरुलाई मलेसिया पठाएका श्रमिकको विवरण पठाउने म्याद १५ दिन थप गरेको छ । विभागले एक सुचना जारी गर्दै निर्वाचनका कारण समयमै विवरण पठाउन समस्या परेको भन्ने व्यवसायीको गुनासो पश्चात यस्तो निर्णय गरिएको जनाएको हो । अव मेनपावर कम्पनीहरुले आफ्नो कम्पनीले नेपाल र मलेसियाबीच श्रम समझदारी भएपश्चात मलेसिया पठाएका श्रमिक तथा रोजगारदाताहरुको विवरण आगामी जेठ २७ गतेभित्र विभागमा पठाउनु पर्नेछ ।

विभागले यस अगाडी श्रमिकलाई मलेसिया पठाउँदा रोजगारदाताबाट प्राप्त भएको हवाई टिकट खर्च लगायतका सेवा शुल्कको आम्दानी तथा खर्चको विवरण सहितको विवरण पठाउन मेनपावर कम्पनीहरुलाई निर्देशन दिएको थियो ।

विभागका अनुसार गत बैशाख १४ देखि १९ सम्म श्रम मन्त्री कृष्णकुमार श्रेष्ठको नेतृत्वमा मलेसिया भ्रमणमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मलेसियाबाट श्रमिकको मागपत्र प्राप्त गर्न नेपाली व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको सन्दर्भ उठेको थियो । हालसालै पनि व्यवसायीहरुले मागपत्र प्राप्त गर्न ठूलो रकमको चलखेल गरेको भन्ने जानकारी प्राप्त भएको भन्दै विभागले श्रमिकको सम्पूर्ण विवरण मागेको हो ।

सन् २०१८ मा नेपाल र मलेसियाबीच भएको श्रम समझदारी अनुसार नेपाली श्रमिकलाई मलेसियामा रोजगारीका लागि पठाउँदा सम्पूर्ण खर्च रोजगारदाताले व्यवहोर्नुपर्ने व्यवस्था छ । तर सो सहमतिको पूर्ण कार्यान्वयन नभइरहेको अवस्थामा विभागले यस्तो विवरण मागेको हो ।
रोजगारीका लागि मलेसिया जाने श्रमिकसँग बर्षौंदेखि चर्को रकम असुलि हुँदै आएको छ । २०७० साल पश्चात क्रमैसँग भिएलएन, वान स्टप सेण्टर, माइग्राम लगायतका विभिन्न नाममा अतिरिक्त शुल्क असुलि गर्ने प्रावधानहरु थपिएका थिए । नेपाल र मलेसियाका केहि मन्त्रीहरु तथा उच्च पदस्थ सरकारी अधिकारीहरुको मिलेमतोमा नै अर्वौ रकम ठगिएको विषय यस अगाडी नै सार्वजनिक भइसकेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: