चर्को गर्मीका कारण श्रमिकलाई हुने समस्या प्रति कतार चनाखो

कतारले चर्को गर्मीका कारण हुने समस्याबाट श्रमिकलाई जोगाउन जनचेतनामूलक अभियान सुरु गरेको छ । कतारको श्रम मन्त्रालयले गर्मीयाममा कार्यस्थलमा कसरी आफ्नो स्वास्थ्य सुरक्षा गर्ने भन्ने विषयमा जनचेतनामूक अभियान सुरु गरेको हो ।

श्रम मन्त्रालयका अनुसार जुन १ देखि सुरु हुने अभियान सेप्टेम्वर १५ तारिखसम्म सञ्चालन हुनेछ । यो समयावधि मुख्य गर्मी हुने समयावधि हो । सो समयमा विहान १० बजेदेखि अपरान्ह ३:३० सम्म खुल्ला स्थानमा काममा लगाउन पाईदैन ।

गर्मीयाममा धेरै आप्रवासी श्रमिकको मृत्यु हुने गरेका कारण यस बर्षको विश्वकप फुटवल प्रतियोगितालाई मध्यनजर गर्दै कतारले अनुगमन तिव्र बनाएको छ । मे महिनाको मध्य देखि नै अनुगमनका लागि विभिन्न समूहहरु बनाएर कानुन कार्यान्वयनमा कडाई गरिएको मन्त्रालयले जनाएको हो । कतारको श्रम मन्त्रालयले कानुनको पूर्ण पालना गर्न रोजगारदाताहरुलाई आग्रह गर्दै कसैले कानुन उल्लंघन गरेको पाइएमा कडा कारवाही हुने चेतावनी पनि दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: