
वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुन: एकीकरण आयोजनाका लागि स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय नेपाल सरकारले गरेको छ । मन्त्रीपरिषद बैठकले सो अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको हो ।
वैदेशिक रोजगारमा जानेहरु निश्चित समयको रोजगारी पश्चात स्वदेश फर्किने दर बढिरहेको सन्दर्भमा पछिल्लो समयमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरु र दाता राष्टहरुको ध्यान यसतर्फ केन्द्रीत छ । अन्य केहि मुलुक तथा संघसंस्थाहरुले पुन:एकीकरण कार्यक्रमका लागि सरकारसँग साझेदारी गर्ने रुचि देखाउँदै आएको सन्दर्भमा सरकारले स्वीस सरकारले प्रदान गर्ने सो अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।
यसैगरी स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नेहरुलाई पनि सरकारले धन्यवाद दिएको छ ।